जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिक पक्राउ

डिसी नेपाल
७ असोज २०८१ १०:२१
56
Shares

काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुष्पा लामाको घरको दोस्रो तलामा रहेको ‘गेम जोन’ लेखिएको सटरभित्र ‘फिस शूट गेम’ खेलमा रकमको हारजित हुने गरी खेलाइरहेको पाइएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले चीन, भारत, र नेपालका विभिन्न स्थानका ७ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

चिनको तिब्बत आम्दो निवासी, हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फुलबारी बस्ने सोनाम तामाङ, भारतको बिहार, बेङ्गलुरू निवासी, हाल बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, तिब्बत ल्हासा निवासी, हाल बौद्ध तीनचुली बस्ने नोर्बु साम्देन, तिब्बत, सिगाचे निवासी, हाल बौद्ध टुसाल बस्ने दासाङ, चीनको सिचुआन प्रान्त, शिनिउ टाउन निवासी, हाल काठमाडौं महानगरपालिका २७ बस्ने वेई चुनलिन, काठमाडौं महानगरपालिका-६ सिमलटारका तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ निवासी, हाल बौद्ध तीनचुली बस्ने लोप्साङ लामा पक्राउ परेका हुन्। पक्राउ परेका ब्यक्तिहरूबाट ‘फिस शूट गेम’ खेल्ने उपकरण, नगद १२ लाख १ हजार, ३१०० चिनियाँ युआन, २ हजार अमेरिकी डलर र ७ वटा मोबाइल बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *