दशैंको दोस्रो दिन काठमाडौंका सडकमा चहलपहल (तस्बिर)
काठमाडाैं। बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।
उपत्यकाका बिभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो। मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ।

दशैंमा सुनसान जस्तै देखिने सडकहरुमा सवारी साधानको संख्या पनि बढ्न थालेको छ। बिशेषगरि उपत्यकाका सडकहरुमा आइतबार निजी चार पांग्रे र दुईपांग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ।
सडकमा सार्वजनिक सवारी साधानको संख्या भने न्यून देखिएको छ। जसका कारण सार्वजनिक सवारी प्रयोग गरि आवातजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ।















No ads found for this position
प्रतिक्रिया


Facebook Comment