तिहार नजिकिएसँगै फूलको व्यापारमा व्यस्त गुन्डुका किसान (तस्बिरसहित)

दिपा पौड्याल
७ कार्तिक २०८१ १४:१५
44
Shares

काठमामडाैं। तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन्। तिहार आउन एक सातामात्रै बाँकी रहदा गुण्डुका किसानहरु मखमली फूलको माला बनाएर बिक्रिका लागि तयारी अवस्थामा राख्न व्यस्त देखिएका हुन्।

भक्तपुरमा २० वर्षभन्दा बढी समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन्। वर्षेनि मखमली फूलको खेती हुदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरु खेतबारीमा नै पुग्ने गरेको किसानहरुको भनाइ छ। उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरु बताउँछन्।

केही किसानहरुले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन्। दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ। दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहँदै आएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *