वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान

डिसी नेपाल
७ कार्तिक २०८१ १९:३९
200
Shares

जलेश्वर (महोत्तरी)। यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ।

जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए।

जिल्ला न्यायाधीश नवराज दुलालको ईजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो। गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जाँच गर्नुका साथै हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *