आहा ! मनै लोभ्याउने फूल (तस्बिर)
काठमाडाैं। १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ बिहीबारदेखि ललितपुरमा सुरु भएको छ।
रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो।

गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनीको आयोजना गरेको एशोसिएसनले जनाएको छ।
प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहेको आयोजकले जनाएको छ।

गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने आयोजकले जनाएको छ। ४ सम्म चल्ने प्रदर्शनको ४० हजार बढिले अवलोकन गर्ने एक करोडबढिको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।









No ads found for this position


Facebook Comment