दिल्ली उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको हल्लापछि प्रहरीकाे सर्च
काठमाडौं। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ।
दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थलले जनाएको छ।
सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो। अहिले सेना र प्रहरीका तालिम प्राप्त कुकुरमार्फत डग स्निफिङ पनि गराइएको छ।
यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment