नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा

डिसी नेपाल
१६ कार्तिक २०८१ १४:५९
540
Shares

काठमाडौं। नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ। पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो।

पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो। नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ।

पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ। अब पूल बी को तेस्रो तथा अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच शनिबार हुने छ। यो खेल शनिबार बिहान नेपाली समय अनुसार सवा ६ बजे हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *