हुम्लामा चार दिनदेखि बालक बेपत्ता

डिसी नेपाल
१७ कार्तिक २०८१ २०:३९
32
Shares

सिमकोट। हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन्। खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन्।

खार्पुनाथ–३ का वडाध्यक्ष च्यांगा बोहराका अनुसार सरत घरबाटै हराएका हुन्। आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ।

बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन्। बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *