तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

डिसी नेपाल
१७ कार्तिक २०८१ २२:५९
80
Shares

इनरुवा। जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ।

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लिैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए। यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *