स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०८१ २०:२०
132
Shares

बागमती। मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गंगा पहरीको मृत्यु भएको हो। सोही स्कुटरको ठक्करबाट ५ वर्षीय अनुप पहरी घाइते भएका छन्।

ठक्करबाट गम्भीर घाइते गंगा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *