बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२० कार्तिक २०८१ १३:३८
220
Shares

चितवन। भरतपुर महानगरपालिका-१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि बिपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

बसको ठक्करबाट घाइते भएका भरतपुर-१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। भट्टलाई चिकित्सकले सोमवार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन्।

दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका-२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *