‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

डिसी नेपाल
२० कार्तिक २०८१ २१:२१
68
Shares

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका छन्। एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो। उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *