रुकुमदेखि काठमाडौं आउँदै गरेकाे बस बागलुङमा दुर्घटना, २१ जना घाइते

डिसी नेपाल
२१ कार्तिक २०८१ १८:०१
248
Shares

ढोरपाटन। बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौंका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए। उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *