रौतहटमा अज्ञात व्यक्तिद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा गोली चलेको छ।
अज्ञात समूहले चलाएको गोली लागेर मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा पर्ने जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।
दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगंज पठाएको चन्द्रपुर २१ स्थानीय बासिन्दा समिर बाबु कार्कीले जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment