सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपाने २७ दिनदेखि विदेशमा

डिसी नेपाल
२६ कार्तिक २०८१ ९:५७
128
Shares

काठमाडौं। सशस्त्र प्रहरीका एक डिआइजी २७ दिनदेखि विदेशमा रहेका छन्। जागिरको अन्तिम अन्तिम समयमा उनी २७ दिनदेखि विदेशमा रहेका हुन्। सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी कुमार न्यौपाने श्रीमतीसहित अमेरिका गएका अहिलेसम्म उतै छन्।

एक साताको लागि गएका डिआइजी न्यौपाने अहिलेसम्म नेपाल आएका छैनन्। सशस्त्र प्रहरीका कतिपय सूचनाहरु समेत अवरोध भएको एक गुल्मपतिले जनाए। ती गुल्मपतिका अनुसार प्रवक्तालाई मात्रै दिनुपर्ने कतिपय सूचना दिन नपाएको गुनासो समेत गरेका छन्।

‘सीमा सुरक्षा जस्तो महत्वपूर्ण कार्यक्षेत्र सम्हालेर बसेको एउटा फोर्सको प्रवक्ता विदेशमा हुँदा मातहतमा समस्या हुने रहेछ’, ती गुल्मपतिले भने।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकमा सरुवा भएपछि सशस्त्रका डिआइजी न्यौपानेलाई सो जिम्मेवारी दिएको थियो।

डिआइजी न्यौपाने यसअघि सशस्त्र प्रहरी बलको ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा बाहिनीपती थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *