पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

डिसी नेपाल
२ मंसिर २०८१ १६:००
156
Shares

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १ः३० बजे निधन भएको ढुंगानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक-पटक जेल पनि परेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। ढुंगानाको भोलि अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *