‘मिराई कादम्बरी कप फुटसल प्रतियोगिता’ भाद्र २ मा
काठमाडौं । यहि भाद्र २ गते प्रथम मिराइ कादम्बरी कपअन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।
‘निष्पक्षताको लागि युवा’ भन्ने मुल उद्देश्यलाई आत्मसात गर्दै आयोजना हुन लागेको यस प्रतियोगिता कादम्बरी मेमोरियल कलेजले आयोजना गर्न लागेको हो।
महिला र पूरुष दुबै गरी कुल २८ टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने पुरुष टिम लाई ३० हजार र महिलातर्फ १५ हजार रहेको छ।
शुक्रबार राजधानीमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कादम्बरी मेमोरीयल कलेज प्रमुख प्रादिप्ता कादम्बरीले यस प्रतियोगिता केवल खेलमात्र नभई समाजमा भएको विकृति र बिसंगति बिरुद्ध लक्षित एक अभियान समेत रहेको बताइन्।
उनले यो सामाजिक काम भएकोले अभियानलाई साथ दिने सम्पूर्ण संघ संस्थाहरुलाई धन्यबाद ज्ञापन प्रदान गर्दै आगामी दिन हरुमा पनि यस अभियान लाई साथ दिन अनुरोध समेत गरिन्।
यस प्रतियोगिताको मुख्य प्रायोजक मिराई एजुकेशन कन्सलटेन्सी रहेको छ। उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई बिशेष अवार्डको व्यवस्था रहेको छ। प्रतियोगिता काठमाडौँ चाबहिल स्थित धन्यन्तरी फुटसलमा सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment