कांग्रेस सभापति देउवाको निवास अगाडि बम राख्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१५ मंसिर २०८१ ११:५५
620
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकै रहेको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार उनी पक्राउ परेका हुन्।

गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले बम राखेको थियो। उक्त बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *