आफ्नो र परिवारको बैंक तथा कल डिटेल्स जाँच गर्न आईजीपी कार्कीको चुनौती

डिसी नेपाल
२७ साउन २०८३ २२:१०

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो र आफ्नो परिवारको नाममा रहेको बैंकिङ कारोबार तथा फोनको कल डिटेल्स रेकर्ड जाँच गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सम्बोधन गर्दै आईजीपी कार्कीले आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन्।

निर्वाचन प्रहरीको पोशाक खरिदबारे परेको उजुरीमाथि छलफल गर्न आयोजित उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पोशाक खरिद प्रक्रियालाई लिएर अमर्यादित आरोप लगाएका थिए।

सांसद सुनारले आईजीपी कार्कीको घरबाट तीन करोड चोरी भएको समेत गम्भीर आरोप लगाएका थिए। सांसद सुनारका आरोपहरूको खण्डन गर्दै आईजीपी कार्कीले न त आफ्नो घरबाट ३ करोड हराएको छ, न त त्यसमा आफ्ना परिवारको कुनै संलग्नता नै रहेको स्पष्ट पारे।

उनले आफ्नो बैंक विवरणहरू अनधिकृत रूपमा बाहिर ल्याएर ठाउँठाउँमा वितरण गरिएको गुनासो गर्दै आफ्नो र परिवारको सम्पूर्ण वित्तीय तथा कल डिटेल्स निष्पक्ष रूपमा छानबिन गर्न चुनौती दिएका हुन्।

बैठकमा ७० वर्षको इतिहासमा पनि प्रहरी संगठनलाई साधन र स्रोतसम्पन्न नबनाइएको यथार्थ राख्दै कार्कीले प्रहरी भएकै कारण मात्रै सबै प्रकारका अनावश्यक लाञ्छना र अपजस सहनुपर्ने हो भनी प्रश्न गरे। उनले राज्यको जिम्मेवारीमा बसेपछि कालकुट विष सरहका कठोर अवस्थाहरू बेहोर्नुपर्ने अवस्था आएको समेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *