एमाले डोटी अध्यक्षमा भीम रावल निकट मञ्जु मलासी विजयी
दिपायल । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा शेरबहादुर मल्ललाई ४४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन्।
४ सय १२ मत खसेकोमा मलासीले २ सय १५ मत प्राप्त गर्दै जित हासिल गरिन्। उनका प्रतिस्पर्धी मलासीले १७१ मत ल्याए। मलासी एमाले नेता भीम रावल निकट मानिन्छन्। मल्ल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्।
उपाध्यक्षमा खगेन्द्र बडैला १११, सचिवमा पदमबहादुर भट्टले २३७, उपसचिवमा डम्मर डौडी १५२ र उपसचिव (समावेशी)मा विस्ना सिंह २०८ मतका साथ विजयी भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment