वायर्नमा कौटिन्होले १० नम्बरको जर्सी लगाउने

डिसी नेपाल
३ भदौ २०७६ ६:१०

एजेन्सी । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होले जर्मन क्लब वायर्न म्युनिखमा १० नम्बरको जर्सी लगाउने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनको लागि लोनमा क्लब आएका कौटिन्होलाई वायर्नले १० नम्बर जर्सी दिएको हो ।

यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरेको छ । लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *