सुनको मूल्य तोलमा दुई हजारले बढ्यो
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार बढेको हो।
बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment