पेनाल्टी मिस गर्दा पोग्बामाथि दुर्व्यवहार!

डिसी नेपाल
४ भदौ २०७६ ७:०२

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले पाउल पोग्बामाथि भएको रंगभेदी दुर्व्यवहारको भर्त्सना गरेको छ ।

युनाईटेडले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै आफ्ना मिडफिल्डर पोग्बाविरुद्ध भएको रंगभेदीय दुर्व्यवहारको भर्त्सना गरेको हो । ‘पाउल पोग्बालाई हिजो भएको रंगभेदी दुर्व्यवहारले म्यानचेस्टर युनाईटेड र समर्थकहरु निराश छन् र हामी यसको घोर निन्दा गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सविरुद्ध पेनाल्टीमा गोल गर्न असफल भएपछि सामाजिक संजालमा पोग्बाविरुद्ध धेरै रंगभेदी टिप्पणीहरु आएको थियो । उक्त खेलमा युनाईटेड १–१ गोलको बराबरीमा समेत रोकिएको थियो । यस्तै क्लबले दुर्व्यवहार गर्नेहरुको छानबिन समेत भईरहेको जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *