श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने

डिसी नेपाल
४ भदौ २०७६ ७:४८

एजेन्सी । म्याच फिक्सिङ प्रकरणमा प्रतिबन्धमा परेका भारतीय पुर्व गतिका बलर एस श्रीसान्तको आजीवन प्रतिबन्ध हटेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले श्रीसान्तलाई सात बर्षको मात्र प्रतिबन्ध लाग्ने निर्णय गरेको छ । बोर्डको यो निर्णय पछि श्रीशान्तको प्रतिबन्ध अब सेप्टेम्बर १३, २०२० मा सकिने छ ।

उनलाई सन् २०१३ मा आइपीएलमा स्पट फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध लागेको थियो । श्रीसान्तलाई राजस्थान रोयल्सबाट किंग्स इलेभेन पंजावसँग खेल्ने क्रममा फिक्सिङ गरेको आरोप लागेको थियो । बोर्डका डीके जैनले अदालतको आदेश अनुसार श्रीशान्तलाई आजीवन प्रतिबन्ध घटाएर ७ बर्षमा घटाएको र अर्को बर्षदेखि क्रिकेट खेल्न सक्ने बताएका छन् ।

श्रीसान्तले भारतका लागि २७ टेस्ट, ५३ एकदिवसीय खेल र १० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १६९ विकेट लिएका छन् । पछिल्लो पटक श्रीसान्त भारतका लागि २०११ मा खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *