पोग्बाले मिस गरेपछि युनाइटेडको पेनाल्टी हान्ने जिम्मा रासफोर्डलाई

डिसी नेपाल
४ भदौ २०७६ ९:२३

एजेन्सी । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ ‘पेनाल्टी टेकर’ तोकेका छन् ।

पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अबदेखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएका छन् ।

पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी गोलमा परिणत गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिएको थियो । फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो । ड्रेसिङ रुममा पनि सोल्स्कायर र पोग्बाबीच वादविवाद समेत भएको थियो ।

यता यो सिजनको पहिलो खेलमा रासफोर्डले १२ याड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *