कप्तान नै टिममा परेनन्!

डिसी नेपाल
४ भदौ २०७६ १०:५१

एजेन्सी । वेल्सका राष्ट्रिय फुटबल टिमका कप्तान एस्ले विलियम्स टिम बाहिर परेका छन् । युरो कपको छनोट खेल्न लागेको वेल्सले कप्तान विलियम्सलाई टिम बाहिर राखेको हो । वेल्सले अर्को महिना कार्डिफमा युरो छनोट अन्तर्गत अजरवैजानविरुद्व खेल्दैछ ।

विलियम्सले वेल्सबाट ८६ क्याप खेलेका छन् । उनकै नेतृत्वमा वेल्सले सन् २०१६ मा युरो कपको सेमिफाईनल सम्म पुगेको थियो । एभर्टनबाट रिलिज भएपछि ३४ बर्षका खेलाडी क्लब विहिन थिए । उनले भर्खरै ब्रिस्टोल सिटीसंग आबद्व भएका छन् ।

स्वान्सी सिटीका डिफेन्डर जोए रोडन, विगनका फरवार्ड किफर मुर र लिकंनका मिडफिल्डर जो मारेल जस्ता नयाँ खेलाडी पहिलो पटक टिममा परेका छन् । विलियम्सको अनुपस्थितीमा २६ सदस्यीय टिममा रोडन अन्तराष्ट्रिय डब्यु गर्न फिट रहने स्वान्सी सिटीका म्यानेजर स्टिभ कुपरले बताएका छन् ।

वेल्सको टोलीमा न्युक्यासल युनाईटेडका डिफेन्डर पाउल ड्युमेटलाई समेत कुनै स्थान रहने छैन । प्रशिक्षक रायल गिग्सले मिडफिल्डर आरोन राम्सीलाई टिममा टिममा फिर्ता बोलाएका छन् । चोट मुक्त हुदै प्रि–सिजन टूरमा देखिएका राम्सी युभेन्ट्सको जर्सीमा मैदान उत्रिएका थिए ।

प्रशिक्षक गिग्सलाई ग्यारेथ बेलको उपस्थितीले हौसला मिलेको छ । अनिश्चित भविष्यका बाबजुत सिजनको पहिलो खेलमा रियल मड्रिडबाट प्लेईङ सेटमा रहेर सेल्टा भिगोविरुद्व उनी खेलेका थिए । सो खेल रियलले ३–१ को जित निकाल्न सफल भएको थियो ।

आधिकारिक रुपमा कुनै पनि खेलाडीको नाम आएको छैन । तर फरवार्ड बेल वेल्सका नयाँ कप्तान बन्न सक्ने बताईएको छ । वेल्सले सेप्टेम्बर ९ मा कार्डिफमा अजरवैजानविरुद्व युरो छनोटमा प्रतिस्पर्धा गर्दैछ । वेल्सलाई प्रतियोगितामा अघि बढ्न वेल्सलाई जित्नैपर्ने दबाब छ । उसले क्रोएसिया र हंगेरीसंग हार ब्यहोरेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *