‘सगरमाथा संवाद’ लाई सफल बनाउन सांसदहरुलाई उचित भूमिका दिन माग

डिसी नेपाल
२९ माघ २०८१ १४:१८
164
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सरकारले आगामी जेठ दुईदेखि चार गतेसम्म विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गरेर सरगमाथा संवाद आयोजना गर्न लागेको भन्दै सुशी व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सगरमाथा संवाद कार्यक्रमले पर्यतीय क्षेत्रको मुद्दाका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न सफल हुने बताए।

‘यस संवादको तयारीमा नेपाल सरकारले सांसदहरुलाई पनि उचित रुपमा सदुपयोग, परिचालन र सहभागिता गराउनुपर्छ,’ उनले भने, ‘सगरमाथा संवादलाई जलवायु न्यायको मुद्दालाई स्थापित गर्न, नेपालले जलवायु परिवर्तनको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग गर्न चाहेको सहकार्यबारे स्पष्ट बनाउन अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन प्रवद्र्धनमा मद्दत हुने गरी तयारी गर्नुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *