सांसद केसीले सोधे- विपिन जोशी रिहाइको कार्य प्रगती कहाँ पुग्यो?

डिसी नेपाल
२९ माघ २०८१ १५:१५
60
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए।

‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे। दुई समूहबीच सम्झौता भयो। युद्ध बिराम भयो। कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन्। यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन् ? उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ। यसले सरकारको जिम्मेवारी पूरा हुदैँन्। रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *