अध्यादेश सरकारको घाँटीमा अड्कियो : जनार्दन शर्मा

डिसी नेपाल
२९ माघ २०८१ १७:४६
224
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले अध्यादेश सरकारको घाँटीमा अड्किएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डिजस्तै भइराखेको टिप्पणी गरेका हुन्।

‘मिठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन। आज अध्यादेश कहाँ अड्किरहेको छ? त्यसलाई छिटो ल्याउनुपर्‍यो, विषय त छलफल गरौंला नि त। राम्रोलाई राम्रो भनौंला, नराम्रोलाई नराम्रो भनौंला। छलफल गरेर के गर्ने? त्यसमा हामीले आफ्नो मत राखौंला। तर, घाँटीमा अड्केको हड्डिजस्तै भइराखेको छ। त्यसलाई निकाल्नुपर्‍यो,’ उनले भने।

सरकारले अध्यादेश ल्याउन सक्ने उनले बताए। तर, पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले कालाबजारी बढ्ने हो कि, सबै सरकारी जग्गा जमिन बाँडिने हुन् कि भन्ने जनतामा आतंक रहेको उनले बताए।

‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ। त्यसभित्र के–के आयो भन्ने प्रश्न पो हो त। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ। कतै सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका छ,’ उनले भने।

अध्यादेशमा बहुमत पुर्‍याउन सरकारले सत्ताको लेनदेन गर्ने हो कि भन्ने आशंका पनि बढ्दै गएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *