‘बालेनले गरिब जनतालाई दु:ख दिए’
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिइकन गरिब बसेको ठाउँ हटाउने गलत काम भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दु:ख दिने काम सही नभएको बताए।
‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ। बलियो मानिसको लागि राज्य आवश्यक हुँदैन। लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो। महानगरभन्दा बलियो ठाँउ संसद भवन छ,’ उनले भने।
उनले विकास गर्न मन भए पार्क बनाउन सुझाव दिएका छन्। ‘उहाँलाई विकास गर्नु छ भने पार्क बनाए हुन्छ। तर, बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिइकन त्यत्तिकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन्,’ उनले भने।
यस्तै, उनले ुहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए।







डिसी नेपाल







Facebook Comment