‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न हुन्न’

डिसी नेपाल
२९ माघ २०८१ २१:१९
268
Shares

चन्द्रपुर (रौतहट)। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नुभएको बताएका छन्। रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए।

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो। देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए।

पार्टीका स्थायी कमिटि सदस्य काशी अधिकारीले व्यवस्थित ढंगले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे। पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी दिए।

एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्यांकनको आधारमा अगाडि बढ्ने बताए। नाताबाद र कृपाबादबाट अब पार्टी नचल्ने बताउँदै उनले जनसंगठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *