‘अध्यादेशबाट देश चलाउन हुन्न’

डिसी नेपाल
२९ माघ २०८१ २२:४४
32
Shares

राजविराज (सप्तरी)। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले भने, ‘दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुका साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न।’

आगामी दिनमा बाम गठबन्धन हुनेरनहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *