भन्सार प्रशासन चुस्त बनाउने गरी भन्सार विधेयक अघि बढान सुझाव
काठमाडौं । सांसदहरूले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने गरी भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउन सुझाव दिएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बारेमा संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले भन्सार क्षेत्रमा देखिएका समस्या हुने र भन्सार प्रशासनलाई चुस्त बनाउने गरी भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन्।
सांसद सुनिता बरालले प्रचलित कानूनमा अस्पस्टता भइ देखिएका समस्या समाधान गर्ने बाटो खुला गर्नुपर्ने धारणा राखिन्। भन्सार क्षेत्रमा कामको बर्गिकरणको मुद्दालाई पनि विधेयकमार्फत नै टुङ्गाउनुपर्ने उहाले बताइन्।
त्यस्तै सांसद बिराजभक्त श्रेष्ठले भन्सार क्षेत्रमा देखिएका कानूनी अड्चन हटाउन सके भन्सार क्षेत्रमा देखिएका वेतिथी अन्त्य हुने बताए।
बैठकमा ६ जना संशोधनकर्ता सांसदले आफ्नो संशोधन प्रस्तुत गरेका थिए। व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानलाई समयसापेक्ष परिमार्जन गर्न सरकारले उक्त विधेयक ल्याएको हो।







डिसी नेपाल







Facebook Comment