सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने

डिसी नेपाल
५ भदौ २०७६ १७:४८

काठमाडौं। सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो समयमा सडक दुर्घटना झन झन बढ्दै गएको भन्दै त्यसबारेमा अध्ययन गरेर न्यूनीकरण गर्न आग्रह गरिन्।

सांसद महेन्द्रराय यादवले यही साउन २३ गते राति धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा परी २५ जना बेपत्ता हुँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आपत्ति जनाए।

सांसद मीना पाण्डेले देशको विभिन्न स्थानमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद यशोधा गुरुङ सुवेदीले मनाङ जिल्लामा आएको पहिरोका कारण यातायात अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकषर्ण गराइन्। सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा भएको चट्याङबाट आठ जना गम्भीर घाइते भएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले अछाममा रहेको पुरानो दरबारको पुनःनिर्माण जतिसक्दो चाँडो गर्न माग गरे।

सांसद रेणुका गुरुङले बाध र सीमा विवादबारे भारतसँग छलफलबाट समस्याको समाधान गर्नुपर्ने माग गरिन्। सांसद प्रेम सुवालले भक्तपुर क्यान्सर अस्पतालमा भएको व्यवस्थापन परिवर्तन भए पनि सेवामा कुनै परिवर्तन नभएको प्रष्ट पारे। सांसद डिला सङ्ग्रौला पन्तले सरकारले सरकारी सञ्चारमाध्यमलाई कार्यकर्ता भर्ना गर्ने केन्द्र बनाएको आरोप लगाइन्। सांसद शेरबहादुर तामाङ र महेश बस्नेतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *