तोलामा २७ सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
४ फागुन २०८१ १२:००
820
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ ले घटेको हो।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *