सुनको मूल्य तोलामा १२ सयले बढ्यो
काठमाडौं। सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ।
आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment