तोलामा सात सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
६ फागुन २०८१ ११:४८
408
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ। स्थानीय बजारमा आज प्रतितोला सुनमा  ७०० ले वृद्धि भएको छ।

मंगलबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *