राष्ट्रिय मातृभूमि पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलन कार्यक्रम
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले आगामी फागुन १० गते शनिबारदेखि देशब्यापी रूपमा जनजागरण र झाडुकुचो कार्यक्रम गर्ने बताएको छ।
फागुन १० मा शान्तीबाटीका र रानीपोखरीमा जनजागरण र झाडुकुचो कार्यक्रम गर्ने, फागुन २० गते माइतीघर मण्डलामा, फागुन २२ गते मकवानपुरको हेटौडास्थित बुद्धचोकमा, फागुन २३ गते पर्सामा, फागुन २४ गते रौतहटको माधवपुरमा, फगुन २५ गते धनुषाको जनकपुरमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रमको आयोजना गरिने पार्टीले जनाएको हो।
यसैगरि फागुन २१ गते प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइने पार्टीले जनाएको छ। राष्ट्रिय मातृभूमि पार्टीको गठन गत वर्ष फागुन ९ गते भएको थियो।
पार्टीका प्रमुख एजेन्डामा भ्रष्ट्राचारीविरुद्ध कडा कानुन ल्याइनु पर्ने, संसदीय व्यवस्थाको अन्त्य गरी जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत छन्।
पत्रकार सम्मेलरलाई संवोधन गर्दै पार्टीका महासचिव गोविन्द गिरीले राज्य संचालन गर्ने नेता प्रायको कमिसनमा मात्र ध्यान रहेको, उनीहरू भ्रष्ट्राचारमा लिप्त रहेकाले जनता समक्ष भण्डाफोर गर्न अभियानको सुरुवात गर्न लागेको बताए।
यसैगरी अध्यक्ष राम शरण पाण्डेले सडकमा मात्र झाडुकुचो लगाउने नभइ भ्रष्ट्राचारीलाई समेत झाडुकुचो लगाइने बताएए।







डिसी नेपाल







Facebook Comment