नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्

डिसी नेपाल
६ भदौ २०७६ १२:३२

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ३८ सयबढी कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।

प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र खेलाडीतर्फ २५ जना कर्मचारी माग गरिएको छ । प्रहरी जवान पदमा दरखास्त दिने व्यक्तिको शैक्षिक योग्यता ८ पास तोकिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत जुनसुकै पदमा काम गर्न सामान्य लेखपढ गर्न जान्ने र सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने छ ।

प्रहरीले आह्वान गरेको दरखास्तमा भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिने प्रहरीको भर्ना छनौट महाशाखाले जनाएको छ । यसको बारेमा थप जानकारी नेपाल प्रहरीको वेबसाइटमा गएर लिन पनि सकिनेछ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्  अथवा यहाँ क्लीक गर्नुहोस्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *