आईसीसी एकदिवसीय वरियतामा नेपालको स्थान खस्कियो

डिसी नेपाल
६ भदौ २०७६ १३:००

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेर १६ औं स्थानमा पुगेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५ औं स्थानबाट १६ मा पुगेको हो । नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ अकं पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।

नेपालले पछिल्लो पटक एउटा पनि एकदिवसिय अन्तराष्ट्रिय खेलेको छैन । अन्तिम पटक ६ महिना अगाडि युएइ विरूद्द तीन खेलको सिरीज खेलपछि नेपाली टिम अर्को एकदिवसीय खेल खेलेको छैन ।

यता ओमानले डिभिजन लिग २ मा राम्रो प्रदर्शन गरेका कारण नेपाल बरियतामा तल झरेको हो । एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *