भौतिक पूर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

डिसी नेपाल
११ फागुन २०८१ १६:४१
88
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन्।

आइतबार संघीय ससद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन्।

उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ। ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ। यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन्। भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ। त्यो एकदम खेदजनक छ।’

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन्।

यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए। उनले कांग्रेस डरलवादी संगठन भएको आरोप पनि लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *