राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजी मात्रै : देवेन्द्र पौडेल

डिसी नेपाल
११ फागुन २०८१ १८:३८
88
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजी मात्रै भएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन्।

उनले राजनीतिक दल खोजेर पूर्वराजालाई जनतामाझ प्रतिष्पर्धा गराउन राजावादीहरुलाई सुझाव दिए। जनताले ७० वर्षसम्म विभिन्न आन्दोलन गरेर औपचारिक रुपमा राजसंस्था अन्त्य गरेको अवस्थामा कुनै पनि तरिकाले राजसंस्था फर्किन नसक्ने उनले बताए।

त्यस्तै पौडेलले सरकारले केही नपाएर कुलमान घिसिङलाई निरन्तर खेद्ने काम गरेको आरोप लगाए। कुलमानलाई हटाउन मन्त्रीपरिषद्मा प्रस्ताव लाने तयारी भएको सुनेको भन्दै उनले देशका लागि राम्रो काम गर्नेलाई खेद्ने काम उचित नभएको धारणा राखे।

उनले देशलाई विधुतीकरण गर्ने काममा कुलमानले महत्त्वपूर्ण काम गरेको तर सरकारलाई पाच्य नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *