सालकको खपटासहित दुई नियन्त्रण

डिसी नेपाल
१९ फागुन २०८१ १८:०६
56
Shares
काठमाडौं । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो।
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *