निर्मल पुर्जासहितका आरोहीको निधनमा अन्नपूर्ण गाउँपालिका-३ द्वारा शोक बिदा घोषणा
काठमाडौं। पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा उनका आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ ले शोक बिदा घोषणा गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले ८,०४७ मिटर अग्लो ब्रड पिकमा घटेको यो दुखद् घटनाले नेपाल मात्र नभई सम्पूर्ण विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ।
शोकको यस कठिन घडीमा एकताबद्ध हुन र दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न गाउँपालिकाले सम्पूर्ण नागरिकहरूमा आग्रह समेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment