ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१९ फागुन २०८१ १९:२६
312
Shares

रौतहट । बारा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा स्थितमा रहेको राज होटेलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, विहार राज्य, मोफासिल सिवाना जिल्ला, थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने वर्ष ३५ को गौतम कुश्वाहा,भारत, विहार राज्य, पूर्व चम्पारण जिल्ला, रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नम्बर ७ बस्ने वर्ष ३० को रन्जन कुमार सिंह र सोही स्थानको वडा नम्बर १० बस्ने वर्ष ४० को संजिव कुमार राम रहेका छन्।

लागूऔषधसहित पक्राउ परेकाहरू आवश्यक कानूनी प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *