सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद

डिसी नेपाल
१९ फागुन २०८१ १९:३२
248
Shares

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–९ मलेठबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

सोमबार प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारिएकोमा ठूलो परिमाणमा गाँजा बरामद भएको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए।

घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लू बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको प्रहरीले जनाए छ। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *