पोर्चुगलका सान्चेजले वायर्न छाडे!

डिसी नेपाल
७ भदौ २०७६ १३:१३

एजेन्सी । पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेज फ्रेन्च क्लब एलओएससी लिलेमा अनुबन्धित भएका छन् ।

जर्मन च्याम्पियन वायर्न म्युनिखका मिडफिल्डर सान्चेजलाई लिलेले २० मिलियन युरोमा अनुबन्ध गरेको हो । २२ वर्षे सान्चेजले लिलेसँग पाँच वर्षको सम्झौता गरेका छन् ।सान्चेजले वायर्नका लागि ५३ खेलमा २ गोल गरेका थिए । सन् २०१६ मा २७ मिलियन पाउण्डमा वायर्न आएका सान्चेजले गत सिजन लोनमा इन्ग्लिश क्लब स्वान्सीबाट खेलेका थिए । उनले स्वान्सीबाट १२ खेल खेलेका थिए ।

वायर्नबाट उनले २ बुन्डेस लिगा, ३ जर्मन सुपर कप र एक जर्मन कप जितेका थिए । पोर्चुगलका लागि १८ खेल खेलिसकेका सान्चेज सन् २०१६ मा पोर्चुगलले युरो कप जित्दा टिमका महत्वपूर्ण खेलाडी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *