अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

डिसी नेपाल
२३ फागुन २०८१ ६:३६
2.0k
Shares

काठमाडौं। फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ।

अबको करिब तीन महिनामा हुन लागेको क्लव विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टोलीलाई एक अर्ब डलर पुरस्कार राशि दिने फिफाले घोषणा गरेको हो।

स्विट्जरल्याण्डमा भएको पुरस्कार रकम घोषणा कार्यक्रममा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त रकम बाहेक पनि थप २५ करोड डलर प्रतियोगितामा सहभागिता नजनाउने मुलुकमा त्यहाँको फुटबलको विकासका लागि सहयोग गर्ने फिफाको योजना सुनाए।

फिफाले क्लव विश्वकपका लागि घोषणा गरेको यो पुरस्कार रकम कतारमा आयोजना भएको पछिल्लो विश्वकप फुटबलको पुरस्कार रकम भन्दा दोब्बर भन्दा पनि बढी हो।

कतार विश्वकपमा कुल ४४ करोड डलर पुरस्कार राशी थियो। प्रत्येक महादेशबाट शीर्ष फुटबल क्लबहरू सहभागी हुने क्लब विश्वकप यो वर्षदेखि ८ टोलीबाट ३२ टोलीमा विस्तार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *