महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको छः सभापति देउवा

डिसी नेपाल
२४ फागुन २०८१ १८:१८
64
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरु देशमा अझै पनि महिलाहरुले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरुलाई अधिकार दिने कुरामा अरु देशभन्दा धेरै अगाडि रहेको बताएका हुन्।

उनले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरुलाई अधिकारसहित स्थान दिएको धारणा राखे। सभापति देउवाले आगामी दिनमा महिलाहरु राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कांग्रेस नेताहरुले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *