त्रिभुवन विमानस्थल बाहिर राजावादीको प्रदर्शन सुरु

डिसी नेपाल
२५ फागुन २०८१ १५:५८
464
Shares

काठमाडौं । राजाबादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन सुरु गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउन लागेपछि समर्थकहरूले उनको स्वागतमा विमानस्थल बाहिर प्रदर्शन गरिरहेका हुन्।

राजाबादीहरूले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ। प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले बताएको छ। सडक अस्तव्यस्त बनेसँगै उक्त रुटमा चल्ने सवारी साधन डाइर्भट गरिएको छ।

चाबहिलदेखि गौशाला हुँदै तीनकुने आउने सवारी साधनलाई अन्य रुटबाट पठाइएको छ भने सो रुट खाली गरिएको छ। बसहरु तीनकुनेबाट डाइर्भट गरिएकाे छ।

सवारी प्रवेश निशेष गरिएपछि यात्रुहरु अलपत्र परेका छन्। केहीबेरमा पूर्वराजा शाह काठमाडौं अवतरण हुँदैछ।

विमानस्थल आसपासमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *